काठमाडौंमा एउटै कछुवाको मूल्य ३५ लाख, ५ जना पक्राउ
काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले बन्यजन्तु पहेँलो कछुवासहित पाँच जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान साढे ११ बजे महानगरीय अपराध महाशाखा मीन भवन काठमाडौंको प्रहरी टोलीले कंलकीको मकालु पेट्रोल पम्प अगाडिबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
टोलीमा प्रहरी बृत्त कालिमाटी र स्वयम्भुको टोली पनि रहेको थियो । पक्राउ परेका पाँच जनालाई महानगरीय प्रहरी बृत्त कालिमाटीमा राखिएको छ ।
चितवनबाट रु.३५ लाखमा बिक्री गर्न भनि पहेँलो रंगको ७०० ग्राम तौल तथा लम्बाई १२ ईञ्च भएको कछुवा काठमाडौं ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–२ का २५ वर्षीय सर्वराज बुढा, नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बस्ने १८ वर्षीय सुरेन्द्र श्रेष्ठ, काभ्रेको नमोबुद्ध नगरपालिका–८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल, रौतहटको चपुर नगरपालिका–३ का १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का १९ वर्षीय प्रमोद बास्कोटा रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया