रास्कोटका बाढीपीडितले पाए नगद राहत

मान्मा । कालीकोटका बाढीपीडितलाई सादा नेपालले आर्थिक सहयोग गरेको छ ।

स्थानीय तहको समन्वयमा रास्कोट नगरपालिकामा तीनसय २८ घरधुरीका बाढीपीडितहरूले नगद पन्ध्र हजारका दरले राहत पाएका छन् । यो रकम प्लान नेपालले पठाएको थियो ।

रास्कोट नगरपालिका–३ निवासी संगीता दर्जीले आर्थिक सहयोगले घर बनाउन सजिलो हुने बताएकी छिन् ।

रास्कोट नगरपालिकाकी रंगिता लुवारले पनि हातैमा नगद पाउँदा खुशी लागेको बताएकी छिन् ।

सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले आफूहरू विपदमा सानो सहयोग गरिएको बताए ।

उनले प्लान नेपाललगायत दातृ निकायहरूसंग सहकार्य गरेर राहत र उद्धारमा लागिपरेको बताए ।

रास्कोट नगरपालिकाका उप–प्रमुख मिमसरा बम शाहीले बाढीपहिरोपीडितले पाएको राहतबाट ठूलो सहयोग हुने बताइन् ।

रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालका अनुसार अहिले रास्कोटमा तीन सय ८१ घरहरू पहिरोको जोखिममा छन् ।

Published : Friday, 2020 September 11, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया