शुक्रबार बिहान झापामा भूकम्प, सर्वसाधारणको भागाभाग
दमक । झापा जिल्लाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
शुक्रबार बिहान ५ म्याग्नीच्युडको भूकम्प गएको हो ।
बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल–भारत सीमालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लामा महसुस गरिएको थियो । भूकम्पले पुर्याएको क्षतिका विषयमा केही बताइएको छैन ।
यसअघि धादिङमा केन्द्र बनाएर भूकम्प गएको थियो ।
झापा र धादिङमा भूकम्पको धक्का महसुस गरिएपछि सर्वसधारणहरू घरबाहिर निस्किएका थिए ।
Published : Friday, 2020 September 11, 10:40 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया