वीर अस्पतालका दुई चिकित्सकलाई कोरोना
काठमाडौं । वीर अस्पतालका दुई जना चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान इमरजेन्सीमा काम गर्ने दुई जना मेडिकल अफिसरमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि दुई चिकित्सक होम आइसोलेसनमा बसेको इमरजेन्सीका कार्यरत एक चिकित्सकले जानकारी दिएका छन् ।
यसअघि पनि इमरजेन्सीकै एक कन्सल्टेन्ट चिकित्सकमा कोरोना संक्रमण भएको थियो । उनी अहिले उपचाररत छन् ।
वीरकै जेनरल फिजिसियन अर्का संक्रमित डाक्टर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
Published : Monday, 2020 August 31, 8:41 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया