डा.भोला रिजालको दम्पत्तिलाई कोरोना, अस्पताल भर्ना
काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डा.रिजालसँगै उनकी पत्नी डा.सरला घिमिरेलाई कोरोना पुष्टि भएको हो ।
दुवैलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।
शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा. रिजालले बताए ।
‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको छ’, डा.रिजालले भनेका छन्, ‘हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौँ ।’
शुरुको दिनमा हल्का ज्वरो आए पनि हाल कुनै लक्षण नदेखिएको डा. रिजालले बताएका छन् ।
Published : Monday, 2020 August 31, 8:30 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया