ओखलढुंगामा नेकपाका लोकप्रिय नेताहरू कांग्रेस प्रवेश, खतिवडाद्वारा स्वागत

ज्यामिरे । ओखलढुंगा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सिद्दिचरण नगरपालिका– ९, ज्यामिरेमा नेपाली कांग्रेस वडाकार्यसमितिले सोमबार आयोजना गरेको कृयाशील सदस्य नवीकारण, नयाँ सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरू का.ग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले पार्टी प्रवेश गराएका हुन् ।

खतिवडाले नेपाली कांग्रेसको ‘रुख’ले सबैलाई समान छहारी दिने बताए । ‘कांग्रेसको रुखले पशु भन्दैन, दलित, जनजाती, नेवार केही पनि भन्दै । कसैलाई भेदभाव गर्दैन’, उनले भने, ‘सबैलाई समान रुपमा छहारी दिन्छ । पार्टी प्रवेश गर्नुभएका तपाई सबैलाई समान व्यवहार हुनेछ ।’

नेता खतिवडाले कांग्रेसका नेताहरूले एकले आर्कोलाई खुइल्याउन थाल्यौँ भने हामी आफैनै सिद्दिने बताएका छन् । ‘इतिहासबाट पाठ सिक्नुपर्छ’, उनले भने, ‘राजाले प्रजातन्त्रलाई सिद्धाउँछुभन्दा राजाको हालत के भयो सबैलाई थाहा छ ।’

‘माओवादीले कांग्रेसलाई सिद्धाउँछुभन्दा आफै बिलया हुन पुग्यो, माओवादी र एमालेको नामोनिशान छैन’, खतिवडाले भने, ‘निर्वाचनमा कांग्रेस पार्टी हारे पनि सिद्धान्तमा जितेको छ । हामीले जितेका छौँ । जनताले माया गरेका छन् । माया पाएका छौँ ।’

नेपाली कांग्रेस ओखलढुंगका सभापति प्रदीपकुमार सुनुवारले नवप्रवेशी साथीहरूलाई कुनै पनि भेदभाव नहुने बताए । उनले नयाँ साथीहरूलाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने बताए ।

कांग्रेस प्रवेश गर्नेमा तत्कालीन माओवादीबाट वडा सदस्यको प्रत्यासी उम्मेदवार टीकामाया खड्का, तत्कालीन एमालेको शिक्षक संगठनका नेता धिरेन्द्र खड्का, छत्र नेपाली र रमेश नेपाली लगायत ३१ जना रहेका छन् ।

पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा, नेपाली कांग्रेस ओखलढुंगाका पार्टी सभापति प्रदीपकुमार सुनुवार, जिल्ला उपसभापति तेजेन्द्र खनाल, जिल्ला सचिवद्वया नवराज खड्गा, रुद्र अधिकारी, युवा नेता बालकृष्ण दाहाल र डिल्लीराम खनालले स्वागत गरेका थिए ।

Published : Monday, 2020 August 31, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया