भारतका पूर्वराष्ट्रपति मुखर्जीको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

उनको उपचारका क्रममा सोमबार नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको हो ।
केही समयअघि मुखर्जीलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो । उनको फोक्सोमा संक्रमण भएको थियो ।

Published : Monday, 2020 August 31, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया