भारतीय दूतावासद्वारा फोटो प्रतियोगिताका लागि आवेदन आह्वान

काठमाडौं । वीपी कोइराला इण्डिया–नेपाल फाउण्डेसनसँगको सहकार्यमा नेपालका लागि भारतीय राजदूतावासले ‘लेन्सका माध्यमबाट मित्रता’ शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा जेपीईजी फर्मेटमा खिचिएका फोटोहरू सहभागी गराउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

कला, बास्तुकला, नृत्यु, शिक्षा, संस्कृति एवं विकास लगायतका विभिन्न पक्षका फोटोहरूलाई सहभागी गराउन सकिने भारतीय रादूतावासले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने व्यक्ति आफैले निवेदक दिनुपर्नेछ । कपिराइटको जिम्मा पनि निवदेककैहुनेछ ।

निवेदकले एकभन्दा बढी फोटो प्रतियोगितामा सहभागिता गराउन पाउँनेछन् । पुरस्कार भने एउटा फोटोलाई मात्रै दिइनेछ ।

निवदेकले फोटोसँगै नाम, ईमेल, लिंग, ठेगना, मोबाइल नम्बर खुलाएर राख्नु पर्नेछ ।

विजेताको नाम राजदूतावासको वेबसाइट, फेसबुक र ट्विटर ह्याण्डलबाट सार्वनजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।

विजेताले प्रथम पुरस्कार नेपाली रूपियाँ ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार र चौंथोले ६ हजार पाउनेछन् ।

Published : Monday, 2020 August 31, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया