असोज १ गतेबाट लामो र अन्तरजिल्ला सवारी साधन चल्ने

काठमाडौं । सरकारले असोज १ देखि लामो तथा अन्तरजिल्ला सवारी साधन सञ्चलनमा ल्याउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री डा.युवराज खतिवडाले अन्तरजिल्ला र लामो दूरीका यातायातका सवारी साधन चल्न दिने निर्णय भएको जानकारी दिए ।

भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको डा.खतिवडाले बताएका छन् ।

उनले आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने बताएका छन् ।

Published : Monday, 2020 August 31, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया