काठमाडौंमा २९८ संक्रमित, सर्लाहीमा सबैभन्दा धेरै, ७ जनाको मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना देखिएको छ ।
ओखलढुंगामा १, खोटाङमा १, झापामा ५, मोरङमा १९, संखुवासभामा ९, सुनसरीमा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १०३, सिरहामा ५ जनामा कोरोना भेटिएको छ ।
काठमाडौंमा १९०, काभ्रेमा १३, चितवनमा ७१, दोलखामा २, धादिङमा १, भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा ७, ललितपुरमा ६७ जनामा कोरोना देखिएको छ ।
कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपुरमा ४, लमुजङमा २, बागलुङमा ४ जनामा कोरोना देखिएको छ ।
अर्घाखाँचीमा २, कपिलवस्तुमा १, नवलपरासीमा ३, पाल्पामा १, बर्दियामा २, बाँकेमा १४, रुपन्देहीमा ११ जनामा कोरोना देखिएको छ ।
जुम्लामा १, सुर्खेतमा ३८, अछाममा २३, कञ्चनपुरमा ७, कैलालीमा १६, डोटीमा १, बझाङम १ र बैतडीमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
यसैबीच, प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा सात जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । योसँग कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
महोत्तरीमा ४ वर्षीया बालिका, गोरखामा ६५ वर्षीय महिला, रुपन्देहीमा ६८ वर्षीय महिला, झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष, भक्तपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया