चितवनमा कम्युनिस्ट पार्टीका संस्थापक चापागाइँको कोरोनाबाट मृत्यु

भरतपुर । चितवन जिल्लामा कोरोनाभाइरसको संक्रमणबाट पुराना कम्युनिस्ट नेताको मृत्यु भएको छ ।

चितवनमा कम्युनिस्ट पार्टीका संस्थापक मध्येका एक शोभाखर चापागाइँको कोरोना संक्रमणबाट सोमबार निधन भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर केशरबागका चापागाइँको ७८ वर्षको उमेरमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उनलाई उपचारका लागि साउन २७ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमण देखिएपछि भदौं ७ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

विक्रम संवत २०३४ सालमा नेकपा कोअर्डिनेशन केन्द्र चितवन गठन गरी चापागाइँ कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका थिए ।

Published : Monday, 2020 August 31, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया