क्यापिटल मर्चेन्टद्वारा अबैध रुपमा सेयर नामसारी

काठमाडौं । ‘काठमाडौंको क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइन्सान्स लिमिटेड’का सञ्चालकहरूले विदेशमा रहेका सेयर धनीका सेयर हिनामिना गरेको भन्दै पीडितहरूले आक्रोश पोखेका छन् ।

फाइनान्सका सञ्चालकहरूले झण्डै ५० लाख बराबरको सेयर नामसारी गरेपछि विवाद भएको हो । संकटमा परेको फाइनन्समा राष्ट्र बैंकले हस्तक्षेप गरेर धरौटीको जमीन रोक्का गरेका छन् ।

फाइनान्समा रहेका केही सेयर धनीहरूको सेयरलाई कानून विपरित नामसारी गरेपछि विरोध भएको छ । ती सेयर धनीले आफ्नो सेयर फिर्ता हुनुपर्ने माग गरेका छन् ।

कानून विपरित नामसारी भएको सेयर फिर्ता लिनका लागि न्यायालयको सहारा लिइने पीडितहरूले बताएका छन् ।

संकग्रस्त बनेको फाइनान्समा दोषी देखिएकाहरूले सजाय भोगेका छन् । केहीले अहिले पनि सजाय भोगिरहेका छन् । सजाय भोगेकाहरूले पनि केही व्यक्तिहरू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

Published : Monday, 2020 August 31, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया