ओलीलाई खुसी पार्न क्याप्टन’साबको खेलोमेलो अर्कै, ‘छोरा’को धन्दा पनि शंकास्पद
काठमाडौं । कुनै बेला तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मेलमिलाप गराइदिएका सिम्रिक एयरका मालिकको लगानी रहेको अन्नपूर्ण पोस्ट दैनिकले गोकुल बास्कोटालाई बचाउन लागेको खुलासा भएको छ ।
आइतबार प्रकाशित भएको अन्नपूर्ण पोस्ट दैनिकले ७० करोड कमिशन काण्डमा परेर मन्त्री पद गुमाएका बास्कोटालाई राहत हुने गरेर समाचार सम्प्रेषण गरेको थियो । सो समाचारमा बास्कोटाको बचाउ गरेर लेखिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटाले ७० करोड कमिशन माग गरेको अडियो टेप सामाजिक सञ्जालमा अहिले सुन्न सकिन्छ । सोही टेपका कारण बास्कोटाले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पद गुमाउनु परेको थियो ।
७० करोड कमिशन काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बास्कोटालाई उन्मुक्ति दिन लागेको भनेर कान्तिपुर दैनिकले समाचार ब्रेक गरेको थियो । कान्तिपुर दैनिकको सो समाचारलाई खण्डन गर्ने गरेर अन्नपूर्ण पोस्ट दैनिकले आइतबार प्रमुख समाचार बनाएर छापेको छ ।
अन्नपूर्ण पोस्ट दैनकिले खण्डनकारिता र चोख्याउकारिता गरेको भनेर सामाजिक सञ्जाल तातेको छ । जसको काम पछिल्ला विवादास्पद ठूला घटनाहरूमा जोडिएका पात्रहरूलाई चोख्याउन आफ्नो सबै संयन्त्र र आफ्ना सबै संचारमाध्यमहरू प्रयोग गर्नु देखिएको छ ।
पूर्व सभामुख कृष्णबहादुर महराको प्रकरणमा पनि अन्य सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्न मैदानमा उत्रिएको अन्नपूर्ण पोस्ट दैनिकले अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की, तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, घुस काण्डमा पक्राउ परेका अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकको पक्षमा समाचार लेखेर कमाएको थियो ।
७० करोड काण्डका बास्कोटाको ढाल बनेर उनलाई चोख्याउन अन्नपूर्ण पोस्ट दैनिक र त्यसका मालिकहरू लागेका छन् । बास्कोटालाई सुनपानीले चोख्याउन सक्रिय सो पत्रिकाको आइतवार प्रकाशित समाचार यसअघि सोही पत्रिकाले प्रकाशन गरेको सम्पादकीयसँग कहिँ कतै पनि मेल खाँदैन ।
कोरोना महामारीबाट संकटमा परेका पत्रकार र कर्मचारीहरूलाई तलब कटौती गर्ने र बेतलवी बस्न लगाउने व्यवस्थापनको कुरामा असहमति जनाएका प्रधान सम्पादक हरिबहादुर थापाले राजीनामा दिएपछि अखण्ड भण्डारी सम्पादकमा नियुक्त भएका छन् । अन्नपूर्णको सम्पादक भण्डारीलाई बनाउन बालुवाटारको ठूलै जोडबल भएको स्रोतको भनाइ छ । भण्डारीका पक्षमा बालुवाटार थियो कि भन्ने आशंकालाई आइतबारको बास्कोटाको पक्षमा आएको समाचारले थोरै भएपनि पुष्टि गरेको छ ।
बास्कोटालाई चेख्याउने अभियानमा लागेको अन्नपूर्ण पोस्ट दैनिकको प्रमुख कार्यकारी अधिकृतमा मानस घिमिरे छन् । मानस घिमिरे अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेका छोरा हुन् ।
अख्तियार प्रमुख नवीन घिमिरे, पत्रिकाका प्रकाशक, पत्रिकाको प्रमुख कार्यकारी अधिकृत घिमिरे सबैको एउटै मात्र उदेश्य बास्कोटालाई चोख्याउन रहेको आरोप छ ।
यसो गर्दा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि खुसी पार्न सकिने विश्लेषण सो समूहको छ । त्यसैले पनि पत्रिकाका प्रकाशक एवम् मालिक क्याप्टन रामेश्वर थापा पटक–पटक ओलीकै निजी निवासमा बास्कोटालाई भेट्न जाने गरेका छन् ।
बास्कोटालाई चोख्याएर यसको अर्को पाटोको रुपमा रहेका विजयप्रकाश मिश्रले आफ्नो ज्यान लिने षडयन्त्र भएको भन्दै उजुरी दिँदा पनि सुनुवाई भएको छैन । उनै विजयप्रकाश मिश्रले बास्कोटाको ७० करोड कमिशन काण्डको अडियो सार्वजनिक गरिदिएका थिए । मिश्रलाई अहिले ज्यानमाथि नै ठूलो खतरा उत्पन्न भएको छ । राज्यले शान्ति सुरक्षा नदिएपछि मिश्र लुकेर हिँड्न बाध्य छन् । मिश्रले ७० करोड काण्ड बाहिर ल्याएर राज्यको करोडौँ रुपिया नोक्सानी हुनबाट बचाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया