कम्युनिस्टहरू बेपत्तमा भएपछि कांग्रेस नेता बस्नेतद्वारा धनेसीका पीडितलाई सहयोग प्रदान
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नतले सिन्धुपाल्चोकको धुनेसीका पहिरोपीडितलाई खाद्यान्नसहितको सहयोग गरेका छन् ।
नेता बस्नेतले आइतबार सुनकोशी गाउँपालिका–६ धुसेनीका पीडितलाई खाद्यान्न, त्रिपालसहितका सामग्री उपलब्ध गराएका हुन् । बस्नेत र सुनकोसी गाउँपालिकाका अध्यक्षले पीडित परिवारलाई पाँच लाख दिने घोषणा समेत गरेका छन् ।
जम्बु, मेलम्चीको पहिरो, भोटेकोसी गाउँपालिकाका विभिन्न ठाउँमा गएको बाढीपहिरो, पाँच पोखरी बरुवाको पहिरो, जुगल गाउँपालिकाको लिदीको पहिरोका पीडितलाई कांग्रेस नेता बस्नेतले विभिन्न सहयोग गरिसकेका छन् ।
कम्युनिस्ट सरकारले सिन्धुपाल्चोकका बाढीपहिरोपीडितका समस्या समाधानतिर खासै ध्यान नदिएका बेला कांग्रेस नेता बस्नेतले आफै उपस्थित भएर सहयोग गर्दै आएका छन् ।
धुसेनीमा शनिबार राति पहिरो जाँदा चार घर पुरिएका छन् । १५ घरपरिवार असुरक्षित भएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू जनताको आवाज र माग सुन्नेभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको भनेर आलोचना भइरहेका बेला नेता बस्नेतले सहयोग गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया