गीतकार अधिकारीकी आमा स्व.इन्दिरादेवीको शुद्धिको संस्कार सम्पन्न, सबैप्रति आभार व्यक्त

काठमाडौं । गीतकार युवराज अधिकारीकी आमा इन्दिरादेवी अधिकारीको १३औँ दिनको शुद्धिको संस्कार सम्पन्न भएको छ ।

छोरा युवराजका अनुसार गृहजिल्ला झापामा आइतबार आफ्नो संस्कारअनुसार शुद्धिको कार्यक्रम सम्पन्न भएको हो ।

‘आशीर्वाद, माया, प्रेम र स्नेहकी हामी माता इन्दिरादेवी अधिकारीको देहावसनाले हामी पीडाको अनुभूति गरिरहेका छौँ’, अधिकारी परिवारले भनेको छ, ‘दुःखको यस घडीमा हामीसँग साथ रहनुहुने आफन्त, छरछिमेक, संघसंस्था, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता साथीहरू तथा आमाको उपचारमा सहभागी चिकित्सकहरू सम्पूर्णमा आभार व्यक्त गर्दछौँ ।’

विक्रम संवत १९९३ साल फागुन १४ गते जन्मिएकी इन्दिरादेवी अधिकारीको निधन यही भदौ २ गते भएको थियो ।

आमाको निधन भएपछि झापास्थित निवासमा १३ दिनको कार्यक्रम भएको थियो ।

Published : Sunday, 2020 August 30, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया