सैनिक मुख्यालयमा एसएलआर पड्कियो, सैनिक जवानको मृत्यु

काठमाडौं । सैनिक मुख्यालयमा नेपाली सेनाका एक जना जवानले आफैले बोकेको एसएलआर राईफलले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

सैनिक हेडक्वारटस्थित भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका २७ वर्षीय दामोदर क्षेत्रीले आफैलाई गोली होनर ज्यान लिएका हुन् ।

आइतबार बिहान ३ बजे सेनाका जवान क्षेत्रीले आफूले बोकेको हतियारले घाँटीमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गोली क्षेत्रीको घाँटीबाट छिरेर कञ्चटबाट निस्केको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

क्षेत्रीको घर तनहुँ जिल्लाको रानीपोखरीमा पर्छ । उनी १२ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए ।
मृतक क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा गएको थियो ।

ड्युटीमा बसेका जवान क्षेत्रीले गोली हानी आत्महत्या गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताएका छन् ।

Published : Sunday, 2020 August 30, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया