मान्छे मरेपछि गरुडाका डीएसपी जिम्मेवारीबाट हटाइए

रौतहट । रातहट जिल्लाको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजय रामलाई साउन ३२ गते पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका विजयको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।

१९ वर्षीय विजय शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् ।

गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरूको माग छ ।

डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उप–सचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

समितिमा प्रदेश प्रहरी कार्यालयका उपरीक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरीक्षक सदस्य छन् ।

Published : Saturday, 2020 August 29, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया