अध्यक्ष पन्तले लिए सर्लाहीकी सपनाको सम्पूर्ण खर्चको जिम्मेवारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमा उपचार गराइरहेकी सपना मोक्तानको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने आश्वासन दिएका छन् ।
अध्यक्ष पन्तले शनिबार काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत मोक्तानलाई भेटेर सम्पूर्ण खर्च नेकपा सर्लाहीले व्यहोर्ने आश्वासन दिएका हुन् । उनले अस्पतालका चिकित्सकलाई समेत सम्पूर्ण खर्च आफूले लिने र मोक्तानको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका थिए ।
‘सपना मोक्तानको सम्पूर्ण खर्च मैले जिम्मेवारी लिएको छु’, उनले भने, ‘सपनाका श्रीमानलाई पनि दैनिक खाना खर्च समेत दिइनेछ ।’
अध्यक्ष पन्तले मोक्तानलाई चाहिने औषधि वीर अस्पताल अगाडि रहेको एउटा मेडिकलमा व्यवस्था गरिदिएका छन् । औषधि लिन सहज होस् भनेर पन्तले सो मेडिकलको कार्ड समेत दिएका छन् ।
सो कार्ड देखाएपछि मेडिकलले मोक्तानको उपचारमा चाहिने औषधि उपलब्ध गराउनेछ ।
सर्लाहीको हरिवन नगरपालिका– १० माइती घर रहेकी मोक्तान बिरामी भइ वीर अस्पतालमा उपचारत छिन् । उनको अवस्था गम्भीर रहेको छ ।
अध्यक्ष पन्तले वीर अस्पतालमा पुगेरै मोक्तान र उनका श्रीमानसँग भेटेर खर्चको चिन्ता नलिन अनुरोध गरेका हुन् ।
डा.विकास यादव, स्वास्थ्य अधिकृत पाण्डव बराल, नेता केदार मैनाली लगायतलाई धन्यावाद दिइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया