पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ महिला र ९ पुरुषको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

शनिबार मन्त्रालयमा आयोजिन नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ३ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।

पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिला गरि ३ जनाको मृत्यु भएको छ ।

पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गोरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष, काठमाडौं ८३ वर्षीय पुरुष, ललितपुरमा ७२ वर्षीय र ६१ वर्षीय गरि दुई पुरुष तथा भक्तपुरमा ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको डा.गौतमले बताए ।

Published : Saturday, 2020 August 29, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया