शुक्रबारभन्दा शनिबार काठमाडौंसहित देशभरि संक्रमितको तथ्याङ्क थाेरै घट्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको बताए । शुक्रबार ९७२ जनामा काेराेना भेटिएकाे थियाे ।
काठमाडौं उपत्यकामा सहित देशभरि जनामा कोरोना भेटिएको हो । काठमाडाैं उपत्यकामा १८६ जनामा काेराेना भेटिएकाे छ ।
इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
धनुषमा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटमा ५, सप्तरीमा २, सर्लाहीमा ८३ र सिरहामा २२ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १५५, काभ्रेमा १९, चितवनमा ५७, दोलखामा १, धादिङमा ९, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा ९ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पुष्टि भएको छ ।
कास्कीमा ३, नवलपुरमा २३, लमजुङमा २९, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा १९, नवलपरासीमा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा कोरोना पुष्टि भएको छ ।
जाजरकोटमा १, जुम्लामा १, दैलेखमा १, रुकुम पश्चिममा १, सुर्खेतमा १०, कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा ३, बझाङमा २६ र बैतडीमा २१ जनमा कोरोना पुष्टि भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया