ओलीका यी हुन् विवादित मन्त्रीहरू, सबैका एकसे एक काण्ड
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्रीहरूले सन्तोषजनक काम गर्न नसकेपछि उनीहरूलाई हटाउन जनस्तरबाट दवाव परिरहेको छ ।
मन्त्रिमण्डर हेरफेरको चर्चा चलिरहेका बेला झण्डै दर्जन मन्त्रीहरू हटाउन नेकपामा दवाव छ । काेराेना महामारी राेक्न नसकेकाे भनेर यी मन्त्रीहरूलाई हटाउन नेकपामा दवाव छ ।
नेकपाकै नेता तथा कार्यकर्ताहरूले पनि सरकारका केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरू बनाउनुपर्ने माग गरिरहेका छन् । जनताले अपेक्षा गरिएका मन्त्रीहरूले नै काम गर्नुभन्दा पनि आफ्नो स्वार्थ हेरेपछि ती मन्त्रीहरूलाई हटाउन दवाव परेको हो ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल शुरुदेखिनै विवादित छन् । उनले गृहमन्त्री नेतृत्वका नेपाल ट्रष्टलाई आफू मातहत ल्याएर यति समूहलाई गोकर्ण रिसोर्ट, दरबारमार्गको महँगो जग्गा दिने जस्ता विवादित निर्णय गरेपछि ओलोचित बनेका थिए ।
रक्षामन्त्री पोखरेल कोभिड–१९ उच्चस्तरीय समितिलाई पनि आफू मातहत ल्याएर संयोजक बनेपछि उनको आलोचना भइरहेको छ । पोखरेलले कोरोना रोकथाम, नियन्त्रण र स्वास्थ्य सामग्री खरिदमा काम गर्न नसकेको आरोप छ ।
पछिल्लो समय आफ्ना सम्धी प्रा.डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकको सदस्य हुँदै अध्यक्ष बनाउने तयारी गरेपछि पोखरेल झन् विवादित बनेका छन् ।
गृहमन्त्री रामबहादुर थापाले गुमनाम छन् । सुदूरपश्चिममा हेलिकप्टरमा राहत लिएर गएका थापाले धानबाली माडेर फर्किएको भन्दै उनको आलोचना भएको छ । उनले कोरोना रोकथाम, विपत व्यवस्थापनलगायतमा सोँचेअनुसारको काम गर्न नसकेको आरोप छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सबैभन्दा आलोचित बनेका छन् । कोरोना रोकथाममा ढकालले काम नै गर्न नसकेको आरोप छ । समय रहँदासम्म कुनै काम नगरेकै कारण कोरोना संक्रमितको संख्या र मृत्यु हुनेहरू बढेको आरोप ढकाललाई लागेको छ । स्वास्थ्य सामग्री खरिदमा ओम्नीलाई भित्र्याएर मन्त्री ढकाल झन् विवादत बनेका थिए ।
भदौ २० गते मन्त्री पद खुस्किदै गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्रलाई धरासायी बनाएको आरोप छ । उनको गलत अर्थ नीति समयमा सहि काम गर्न नसक्दा महँगी बढेको आरोप छ । प्रधानमन्त्री ओलीप्रति मात्रै वफादार डा.खतिवडाले कुनै पनि राम्रो काम नगरेको आरोप उनकै दलका नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।
नेकपाको ‘विजयकुमार गच्छदार’को आरोप खेप्दै आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लाखौँ विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेर निजी विद्यालयहरूको पक्षपोषण गरेको आरोप छ । पोखरेलले सरकारी विद्यालयहरू नीति विद्यालयहरूलाई सञ्चालन गर्न दिने बजेटमा व्यवस्था गरेपछि आलोचना भएको थियो । निजी विद्यालयहरूका मालिकहरूलाई पढाइ नभएको महिनाको पनि शुल्क उठाउन दिएको भनेर आलोचना भइरहेको छ । काठमाडौं उपत्यकाका केही निजी विद्यालयहरूले नपढाएको महिनोका शुल्क उठाएको भनेर अभिभावकहरूले गुनासो गरेका छन् ।
नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी समेत रहेकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले मेलम्ची खानेपानीमा ठूलो राजनीति गर्दै आएकी छिन् । मगरकै कारण मेलम्चीको ठेकेदार भाग्नुका साथै खर्च पनि वृद्धि भएको छ । मन्त्री मगरले हतार गर्दा सुरुङ फुटेर केही कर्मचारीहरूको मृत्यु समेत भएको छ । मगरले केही काम गर्न सकेकी छैनिन् । ससुरा दाहालका कारण ओलीले मन्त्रीबाट मगरलाई हटाउन दुस्साह गर्न सक्दैनन् ।
धेरै भरोसा गरिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोँचेअनुसारको कुनै पनि काम गर्न नसकेको आरोप छ । दिनभरि ट्वीटरमा ट्वीट गरेर रमाउन मन्त्री भट्टराईले विदेशबाट नेपालीहरूको उद्धारमा अनियमिता गरेको आरोप छ । भट्टराईले निजी विमान कम्पनी र तारे होटेलहरू तथा यति समूहलाई फाइदा हुने गरेर धमाधम निर्णय गरेको आरोप छ ।
सबैभन्दा धेरै भरोसा गरिएका कृषिमन्त्री घनश्याम भुसाल चीन र मल काण्डमा परेका छन् । माफियाहरूको चंगुलमा फसेर भुसालले कुनै पनि काम गरेका छैनन् । मन्त्री हुनुभन्दा ठूलाठूला आदर्शका कुरा गर्ने भुसाल अहिले गुमनाम छन् । सामाजिक सञ्जालमा पनि देखिन छाडेका छन् । भुसालले किसानलाई मल दिन सकेका छैनन् । मन्त्री भुसालले मल खरिदको ठेक्का नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालका घरमालिक शारदा अधिकारीलाई दिएका छन् । अधिकारीले मल ल्याएका छैनन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतबीचको सम्बन्ध सुधार गर्नेभन्दा पनि बिगार्नतिरै केन्द्रित गरेको आरोप छ । भारतसँग ज्ञवालीले कुटनैतिक सम्बन्ध सुधारका लागि काम गर्न सकेका छैनन् ।
वनमन्त्री शक्तिबहादुर बस्नेतले पनि काम गर्न नसकेकोको आरोप छ । उनले काठ माफिया र तस्करहरूलाई साथ दिएको आरोप छ । कोरोनाका बेला धेरै जिल्लाहरूमा काठ तस्करहरू सलबलाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया