देउवा र पाैडेलकाे मानमर्दन नगर्नेकी ‘राजकुमार’जी
काठमाडौं । नेपाली कांग्रेसभित्र १४औँ महाधिवेशनको रन्को लागिसकेको छ । सभापति शेरबहादुर देउवा समूहलाई भन्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला तथा नेता डा.शेखर कोइरालालाई अलिक धेरै महाधिवेशन लागेको छ ।
कोइराला परिवारले देउवालाई तथानाम गाली गर्न थालेका छन् । कांग्रेसलाई वीपी कोइरालाले बनाएको भनेर कोइराला परिवारहरू विर्ता ठानेर उठ्न थालेका छन् ।
महामन्त्री डा.कोइरालाले सार्वजनिक रुपमा वरिष्ठ नेता पौडेललाई सभापतिमा सहयोग गर्न नसकिने जनाइ सकेका छन् । हालै डा.कोइरालाले दिएको अन्तर्वार्तामा पौडेलले देउवालाई पराजित गर्न नसक्ने सोही कारण आफू सभापतिमा उम्मेदवार बन्ने बताएका छन् । डा.शशांक कोइराला वीपीका कान्छो छोरा हुन् । वीपीको छोरो हुँदैमा डा.शशांक कोइरालालाई सबै कांग्रेसले साथ दिन्छन् भन्ने छैन ।
१३औँ महाधिवेशनमा देउवाले साथ दिएका कारण आफूले जितेको बताएका छन् । देउवाकै कारण महामन्त्री बनेका डा.शशांक कोइरालाले अहिले आएर देउवाविरुद्ध बिषवमन गरिहेका छन् ।
आफ्नो गुटभित्र पनि वरिष्ठ नेता पौडेलको अपमान हुने गरेर अभिव्यक्ति दिएका छन् । आफूभन्दा कयौँगुणा सिनियर नेता पौडेलको मानमर्दन गर्नु डा.शशांक कोइरालाका लागि उचित कुरा होइन ।
डा.शशांक कोइरालाका बुबा वीपी कोइरालासँग राजनीति गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलका धेरै कमजोरी छन् । तर, महामन्त्री डा.शशांक कोइरालालाई अपमान गर्ने अधिकार छैन ।
‘बी’ ग्रेडको कोइराला भनेर आरोप खेप्दै आएका केन्द्रीय सदस्य डा.शेखर कोइराला पनि सभापतिमा उम्मेदवार बन्ने गृहकार्यमा छन् । महामन्त्री डा.शशांक काेइरालाभन्दा धेरै राजनीतिक छवि डा.शशांक काेइरालामा छ ।
देउवाले जेलनेल गरेर जिब्रो गुमाउँदै गर्दा काेइराला परिवारका राजकुमारहरू जागिर खाएर पैसा कमाइरहेका थिए ।
देउवाका केही गल्ती र अबगुणहरू हाेलान् । त्यसकै भरमा तल्लाेस्तरकाे गाली गर्नु उचित हाेइन । नेविसंघको राजनीतिबाट निखारिएर आएका देउवालाई मानमर्दन गर्ने अधिकार राजकुमारहरूलाई छैन ।
निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । जित हार पनि हुन्छ । निर्वाचनका लागि स्वच्छ प्रतिस्पर्धाका लागि तयार हुन नसक्ने डा.शशांक कोइरालालाई कोइराला परिवारको मान्छे हो भन्दैमा सहयोग हुँदैन । कोइराला परिवारका ‘राजकुमार’हरूले आफ्नो हैसियत भुल्नु हुँदैन ।
महामन्त्री शशांक कोइराला भारत निकट भएपनि उनी पछिल्लो समय चीन निकट हुन पुगेको चर्चा । पूर्वराज्यमन्त्री दीपक खड्कामार्फत महामन्त्री डा.शशांक कोइरालालाई चीन निकट बनाएको स्रोतले जनाएको छ । कोइराला र पौडेल समूहभित्रको झगडालाई नेता कृष्णप्रसाद सिटौलाले हेरिरहेका छन् ।
सिटौलाले आफूलाई सभापतिको उम्मेदवारमा तयार पार्नेभन्दा पनि अवसरको पर्खाइमा छन् । कोइराला–पौडेल समूहलाई जुधाएर सिटौलाले १४औँ महाधिवेशनमा उम्मेदवार बनेर जाने पक्षमा छन् । तर, सिटौला यस पटक सभापति बन्ने भन्दा पनि स्वार्थको राजनीतिमा केन्द्रित भएको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया