ललितपुरको गोदावरीमा शुक्रबार १८ संक्रमित थपिए, मेयरद्वारा निषेधाज्ञा पालना गर्न अपील

गोदावरी । ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा हालसम्म ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

गोदवर नगरपालिकाका मेयर जगेन्द्र महर्जनले शुक्रबार सूचना जारी गरेर कन्ट्याक ट्रेसिङका क्रममा हालसम्म ६८ जनामा कोरोना देखिएको जनाएका हुन् । उनले रिपोर्ट आउने क्रम जारी रहेको समेत उल्लेख गरेका छन्

शुक्रबार वडा नम्बर १०, ११ र १२ मा १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको सूचनामा उल्लेख छ । योसँग गोदावरीमा ६८ जनामा कोरोना देखिएको हो ।

मेयर महर्जनले कन्ट्याक ट्रेसिङमा नमूना परीक्षणको रिपोर्ट आउन क्रममा रहेको भन्दै निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न अपील गरेका छन् ।

उनले अत्यावसेक काम नपरिकन घरबाहिर ननिस्कन गोदावरीका नगरपालिकाका सर्वसाधारणसँग अनुरोध गरेका छन् । उनले घर बाहिर निस्कनै परे स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

Published : Friday, 2020 August 28, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया