कांग्रेस सांसद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद एवम् उद्योगी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

चौधरीले शुक्रबार ट्वीट गरेर आफूलाई कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनले आफूलाई पोजेटिभ देखिए पनि कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताए । सांसद चौधरीलाई शुक्रबार बिहान कोरोना पोजेटिभ देखिएको हो ।

Published : Friday, 2020 August 28, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया