देशभरिका ७१ पत्रकार तथा सञ्चारकर्मीलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोनाभाइरसको संक्रमणबाट देशभरि ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गरेर कोरोनाभाइरसको संक्रमणबाट पत्रकार तथा सञ्चारकर्मीहरू उच्च जोखिममा रहेको बताए ।
महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमित हुनेमा केही पत्रकार महिलामा समेत रहेका छन् । ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।
प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् ।
प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।
बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् ।
गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् ।
प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् ।
कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् । संक्रमितमध्ये केही निको भइसकेका छन् । केही उपचाररत अवस्थामा रहेका छन् ।
विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरू संक्रमणको उच्च जोखिममा रहेको महासचिव विष्टले बताएका छन् ।
महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरूको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरूको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया