शुक्रबार देशभरि भेटिएका संक्रमितमध्ये काठमाडौंका मात्रै झण्डै आधा, कोभिडका ३ अस्पताल थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ९२७ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको जनाएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनामा कोरोना देखिएको बताए । ३३४ महिला र ५९३ पुरुष गरि ९२७ जनामा कोरोना देखिएको डा.गौतमले बताएका छन् ।

काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना देखिएका उनले बताए ।

प्रवक्ता डा.गौतमले देशभरिबाट १६९ डिस्चार्ज संक्रमित निको भइ डिस्चार्ज भएको जानकारी दिएका छन् ।

डा.गौतमले इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापाम १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१, सोलुखुम्बुमा १, धनुषामा २२, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ र सिरहामा १२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनले काठमाडौंमा ३५०, काभ्रेमा १७, चितवनमा २६, धादिङ १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण भेटिएको बताए ।

कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपुरमा ११, लमजुङमा २, बागलुङमा १, अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियामा २, बाँकेमा ३६, रुपन्देहीमा ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

जुम्लामा ६, दैलेखमा ११, सल्यानमा ३, कञ्चनपुरमा १, कैलालीमा ११, डोटीमा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सरकारले वीरगञ्जको नेश्नल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर र जनमैत्री अस्पतालमा कोभिड–१९ अस्पतालमा सूचीकृत गरिएको डा.गौतमले बताएका छन् ।

कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेका बेला सरकारले तीन वटा अस्पताललाई कोभिड–१९ अस्पताल घोषणा गरेर उपचार गर्ने जनाएको छ ।

Published : Friday, 2020 August 28, 4:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया