दाङमा राप्तीका तीन वटा वडा सिल, संक्रमितहरू गाउँमा हिँडेपछि तनाब
तीर्थराज ज्ञवाली
मसुरिया । दाङको राप्ती गाउँपालिकाको विपद् ब्यवस्थापन समिति (क्राईसिस म्यानेजमेन्ट कमिटी)ले गाउँपालिकाको तीन वटा वडा सिल गर्ने निर्णय गरेको छ ।
सरोकारवालासहित बिहीबार बसेको समितिको बैठकले राप्ती गाउँपालिकाको वडा नं. १, ४ र ८ मा सिल गर्ने निर्णय गरेको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । संक्रमितहरूले समुदायमा कोरोना फैलाएको आशंकामा तीन वटा वडाहरूमा सिल गर्ने निर्णय गरिएको उनले बताए ।
राप्ती गाउँपालिकाको वडा नं. १, ४ र ८ का भालुवाङ, पुल्चोक बजार क्षेत्र, पुरानो बजार, पाखापानी, कोहलुवा, बुडीचौर, मौरीघाट गाउँलाई भदौ १२ गते मध्यरातिबाट सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । तीन वडामा अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको छ ।
सिल गरिएका वडाहरूमा समितिको आदेशलाई उल्लंघन गरिए कारबाही गरिने रिजालले चेतावनी दिएका छन् । घिरिले सिल गरिएका वडाहरूमा आवत जावत निषेध गरिएको बताए ।
सबै खाले बस, टेम्पु, माईक्रो बस, ट्रयाक्टर लगायत सबै सवारी साधन पूर्ण रुपले बन्द गरिएको छ । एम्वुलेन्ससहित अत्यावस्यक सेवामा अबरोध गरिएको छैन ।
राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा पुनः कोरनाभाइरसका संक्रमितको संख्या देखिन थालेको छ ।
संक्रमण समुदायमा समेत फैलिएको आशंकामा सिल गर्ने निर्णय गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
सबै वडाहरूले कोरनाबाट बच्नको लागि सन्देशहरू प्रवाह गरि नागरिकलाई सचेत गराउने निर्णय पनि समितिले गरेको छ ।
राप्ती गाउँपालिकामा केही दिन पहिला ३ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना देखिएपछि उनीहरू होम क्वारेन्टिनमा बसेका थिए ।
क्वारेन्टिनमा बसेका उनीहरू घरबाट निस्किएर विभिन्न स्थानमा गएका थिए । उनीहरूकै कारण कोरोना समुदायमा फैलिएको हुन सक्ने आशंका राप्ती गाउँपालिकाले गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया