कोरोनाको औषधि छिटै आउँछ, परीक्षणहरू अन्तिम चरणमा छः डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले समग्र जनसंख्याको सानो हिस्सालाई मात्र संक्रमण देखिने भएकाले कोभिडसंग डराउनु नहुने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.भान्देलारले जनस्वास्थ्यको मापदण्ड पालना गरे अधिकाशं मानिस यसबाट बच्न सक्ने बताए ।
‘अब बिस्तारै न्यू नर्मल हुन्छ यो बेला हामीलाई सधै भाइरसको डर भइरहन्छ’, उनले भने, ‘डरमा बाँच्नु पर्दैन ।’
‘बाहिर हावाबाट भाइरस फैलिने भन्ने होइन’, डा.भान्देलार, ‘तपाई कुनै कोठमा जानु भयो र त्यहाँको मानिससँग बोल्दा मास्क लगाउनु भएन भने त्यहाँ कोही संक्रमित रहेछन भने उनीहरूको मुखबाट निस्किएको छिटाले सर्न सक्छ ।’
कोभिड १९ भाइरस लामो समयसम्म रहने समेत उनले बताएका छन् । भाइरससँग बाँच्न सिक्नुपर्ने उनको भनाइ छ ।
केही समयपछि मानिसले रोग विरुद्ध प्रतिरक्षा प्रणाली विकास हुने र खोप समेत आउने भएकाले अहिलेको केही समय भाइरससँग नडराई सह–अस्तित्वमा रहेर बाँच्नुपर्ने डा.भान्देलारले बताएका छन् ।
‘भाइरस कहिलेसम्म जान्छ भनेर भविष्यवाणी गर्न नसकेपनि अबको केही समयपछि मास्कको महत्व घट्दै जान्छ किनकी, खोप र औषधि त्यतिञ्जेल आइसक्छ’, उनले भने ।
धेरै वटा देशले औषधि र खोपको निर्माण अन्तिम चरणमा पुर्याएको डा.भान्देलारले बताएका छन् ।
सन् २०२० को अन्त्यतिर या सन् २०११ को सुरुतिर १० मध्ये एउटा खोप बजारमा आइपुग्ने डा.भान्देलारले बताएका छन् ।
‘अहिले धेरै कम्पनीको खोपको सुरक्षा, त्यसको विश्वसनीयता र गुणस्तरीयताको अध्ययन चलिरहेको छ’, उनले भने, ‘त्यो खोप कति लामो समयसम्म चल्छ भनेर अध्यन भइरहेको छ ।’
‘अबको केही समयमा खोप उत्पादनको लागि तयार हुन्छ’, उनले भनेका छन् ।
सन् २०२० को अन्तिमसम्म करीब २ अर्ब डोज खोप उत्पादन हुने डा.भान्देलारले बताएका छन् ।
खोप उत्पादन भएपछि सुरुमा स्वास्थ्यकर्मी, त्यसपछि स्वास्थ्य जोखिम भएका मानिसहरूलाई दिइने उनले बताएका छन् ।
‘गरिब देशले पनि सहुलियतमा खोप पाउन भनेर हामीले काम गरिहरेका छौं’, डब्ल्यूएचओका नेपाल प्रमुख डा.भान्देलारले भने, ‘हामी यो सुनिश्चित गर्छौ कि धनी देशले झैं गरिब देशले पनि खोप सहुलियतमा पाउँछन् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया