म गलत छु भने लेख्नुस्, गल्ती नै नगरेको कुरा नलेख्नुस्ः कांग्रेस नेता ढुंगाना
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् वित्तीय तथा सहकारी संस्था समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले आफ्नो निष्ठा, इमान्दारिता र राजनीतिमाथि प्रश्न उठाएर आएका समाचारको खण्डन गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता ढुंगानाले सहकारी विभागसँग जोडिएर आएको समाचारको खडण्डन गरेका हुन् । उनले भने, ‘म कांग्रेसको इमान्दार कार्यकर्ता हुँ । मेरो नैतिकता र इमान्दारितामाथि प्रश्न उठाएर आएका समाचारमा कुनै सत्यता छैन । म कसैसँग गाडी लिएर चढ्ने मान्छे होइन ।’
पार्टीमा र सरकारमा भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण पछाडि परेको बताएका नेता ढुंगानाले भने, ‘मैले कसैको गाडी चढेको पनि छैन । ल्याएको पनि छैन । कसैले गाडी दिएको भनेर भन्छ भने प्रमाणित गर्न चुनौती दिन्छ । कुनै पनि सहकारीबाट गाडी ल्याएर चढेकाे छैन ।’ उनले विभागकाे सचिव नियुक्तिमा कुनै पनि लेनदेन नभएकाे बताए ।
ढंगानाले रिपब्लिका दैनिक डटकममा आएको आफूविरुद्धको समाचारले कांग्रेसको लामो राजनीतिमा धक्का पुगेको बताए । ‘म खुला किताब हुँ’, उनले भने, ‘मेरोविरुद्ध वा मैले गरेको गलत कुरा छ भने प्रमाणसहित लेख्नुस् । होइन भने जे मन लाग्यो त्यही लेख्न पाइँदैन । पत्रकारिताको पनि धर्म हुन्छ ।’
कांग्रेसभित्र इमान्दार, निष्ठानको राजनीति गर्दै आएका कांग्रेस नेता ढुंगानाका विषयमा रिपब्लिका दैनिक डटकममा भुलबस अन्यथा समाचार पर्न गएपछि नेता ढुंगानाले चित्त दुखाएका थिए । ढुंगानाले माफी माग्न भनेपछि रिपब्लिका दैनिकले उनीसँग क्षमा पनि मागेकाे छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया