प्रेस काउन्सिलका अध्यक्षकै पत्रिका र अनलाइनविरुद्ध कांग्रेस सांसदको उजुरी

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका सांसद एवम् चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीविरुद्ध नियोजित रूपमा अनर्गल प्रचार गर्ने जनआस्था साप्ताहिक र जनआस्था डट कमलाई चौधरी ग्रुपले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छ ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठनै जनआस्था साप्ताहिक र जनआस्था डट कमका सम्पादक तथा प्रकाशक हुन् । चौधरी ग्रुपले श्रेष्ठ र उनको पत्रिका तथा अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएको छ ।

सो विषयमा कार्यबाहक अध्यक्ष श्रेष्ठ र उनको पत्रिका तथा अनलाइनमाथि कारबाही एवम् पीडितले न्याय पनाउने हाे कि भनेर चाैधरी ग्रुप सशंकित छ ।

उजुरीमा श्रेष्ठको पत्रिका र अनलाइनले चौधरीविरुद्ध विगत लामो समयदेखि झूठा समाचार प्रकाशित गर्दै आएको आरोप छ ।

जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनता चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको मुहानमा बल्ला आक्रमण’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

ती पूर्णतया झुठा समाचार रहेको चौधरी समूहले काउन्सिलमा दिएको उजुरीमा उल्लेख छ ।

तथ्यहीन समाचार प्रकाशित गरेर चौधरी ग्रुपका अध्यक्षको राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा रहेको ख्यातीमा प्रतिकूल प्रभाव पार्ने दुश्प्रयास गरिएक आरोप छ ।

चौधरी ग्रुपले जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम हदैसम्मको सजाय माग गरिएको छ । श्रेष्ठ काउन्सिलका कार्यवाहक अध्यक्ष हुन् ।

Published : Tuesday, 2020 August 25, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया