गोदावरीका हाकिम र सव–ईञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव–ईञ्जिनियर किशोरकुमार मोक्तानविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्धा दायर गरेको छ ।
अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार जैसी र मोक्तानविरुद्ध विशेष अदालतमा १ लाख ५० हजार घूस लिएको अभियोगमा मुद्धा दायर गरेको हो ।
अख्तियारको टोलीले जैसी र मोक्तानलाई सेवाग्राहीबाट एक लाख पचास हजार घुस बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत जैसी र सव–इञ्जिनियर मोक्तानसमेतले निर्माण कार्य सम्पन्न भएको कामको बिल भुक्तानी दिनको लागि घुस नदिएमा बिल भुक्तानी गर्न नसक्ने भनी चेकहरू नदिई रोकी सेवाग्राहीसँग एक लाख पचास हजार लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
जैसी र मोक्तानलाई बिगो एक लाख पचास हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया