कम्युनिस्टबाट कोरोनामा लापरबाही भयो, हामी आफै सचेत बनौँः कांग्रेस नेता लामिछाने

पोखरा । पोखरा महानगरपालिका नेपाली कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले आपत विपदमा पर्दा सहयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर उनले महामारीका बेला कसैप्रति भेदभाव नगर्न आग्रह गरेका हुन् ।

‘एकले अर्काेलाई सहयोग गर्ने भावना राखौं’, उनले भने, ‘यसले हाम्रो मानवीयता झल्काउँछ ।’

लामिछानेले आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग चाहन्छौं त्यस्तै माया र सहयोग अरुका लागि पनि आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

कोरोनाबाट संक्रमित हुने र निको हुने क्रम चलिरहेको भन्दै उनले नआत्तिन आग्रह गरेका छन् ।

उनले टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख गरेका छन् ।

विश्वमा ठूलो पदधारण गरेका व्यक्तिहरू पनि संक्रमित भई निको भएर घर फर्केको र कोरोनाले ठूलो वा सानो नभन्ने भन्दै उनले सचेत र सुरक्षित रुपमा घरमा बस्न अनुरोध गरेका छन् ।

कम्युनिस्टहरूले जनताको जीवन रक्षा र कोरोना रोकथाम तथा नियन्त्रण गर्नेभन्दा पनि कमिशनको चक्करमा लागेको भन्दै कांग्रेस नेता लामिछानेले सबैलाई आफै सुरक्षित रहनु आग्रह गरेका छन् ।

Published : Monday, 2020 August 24, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया