आइतबार ४ ल्याबबाट रिपोर्ट आएन, काठमाडौंसहित देशभरि कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ८१८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२० महिला र ५९८ पुरुष गरि ८१८ जनामा कोरोना देखिएको बताए ।

काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना देखिएको छ । काठमाडौंमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना देखिएको छ ।

२८१ जना कोरोनाबाट मुक्त भइ डिस्चार्ज भएका छन् । तीन जनाको मृत्यु भएको छ । सर्लाहीकी ३३ वर्षीया महिला, झापामा ५८ वर्षीय पुरुष, पर्सामा ५६ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको डा.गौतमले बताए । योसँग हालसम्म मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ ।

प्रवक्ता डा.गौतमले चार वटा ल्याबले समयभित्र रिपोर्ट नपठाएका कारण संक्रमितको संख्या आइतबार कम देखिएको बताए । उनले भने, ‘चार वटा ल्याबले पोजेटिभ केस पठाएको तर, टोटल संख्या नपाठएकोले कम देखिएको छ ।’

भतपुर प्रयोगशाला चितवन, वीरेन्द्र अस्पताल प्रयोगशाला छाउनी, त्रिवि शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्ज र किटजन्य अनुसन्धान तथा तथा तालिम केन्द्र प्रयोगशाला हेटौँडाले पोजेटिभ संख्या नपठाएको उनले बताए ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

झापामा १०, मोरङमा ५०, सुनसरीमा ९, धनुषामा ६०, पर्सामा १३९, बारामा ३९, महोत्तरीमा ३४, रौतहटमा ९, सप्तरीमा ४, सर्लाहीमा ९१, सिरहामा १४ जनामा कोरोना देखिएको छ ।

काभ्रेमा २७, दोलखामा ६, धादिङमा १, मकवानपुरमा १, रसुवामा १, रामेछापमा २, सिन्धुलीमा १, कास्कीमा ५, गोरखामा २, नवलपुरमा ६, अर्घाखाँचीमा १२, कपिलवस्तुमा ११, नवलपरासीमा ३०, पाल्पामा २, प्यूठानमा २, बर्दियामा २, बाँकेमा ११, रुकुम पूर्वमा १, रुपन्देहीमा २८ रोल्पामा १ जनामा कोरोना देखिएको छ ।

जुम्लामा २, रुकुम पश्चिममा ६, अछाममा २३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा ३ र बैतडीमा ४ जनामा कोरोना देखिएको प्रवक्ता डा.गौतमले बताए ।

Published : Sunday, 2020 August 23, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया