कम्युनिस्ट सरकारले पैसा पठाउने नेपालीहरूलाई शत्रु ठानेपछि कांग्रेसद्वारा भेदभाव नगर्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले महँगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको भन्दै गम्भीर तुल्याएको जनाएको छ ।
कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर प्रवासी नेपाली जो जुन देशमा हुन् अफ्ठ्याराेमा परेकालाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व रहेको जनाएको छ । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले विदेशबाट नेपाली मजदुरहरूलाई उद्धार गर्न पनि अन्याय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
‘राज्यको यो दायित्वबारे नेपाली कांग्रेसले लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष राख्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आज पुनः सार्वजनिक रुपले त्यही माग र आग्रह दोहो¥याउँदै प्रश्न गर्न चाहन्छौँ ।’
‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नु कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’, कांग्रेसको प्रश्न छ ।
‘मन्त्रिपरिषदको पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाईटको अनुमति दिएको छ’, कांग्रेसले भनेको छ, ‘भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ ।’
‘उद्वारको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन’, कांग्रेसले भनेको छ ।
‘सरकारको पछिल्लो निर्णयअनुसार सरकारले विदेशमा अफ्ठ्याराेमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ । तर मानवीय भावना कम उद्वारमा ब्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘एक त चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, तेस्रो पीसिआर परिक्षण आफै गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने । अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ वर्ग शत्रु को ब्यवहार ?’
कांग्रेसले भनेको छ, ‘रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट ब्यवस्था गरेर निःशुल्क उद्वार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुरानो माग दोहो¥याउन चाहन्छ ।’
‘यसबारे सर्वोच्चको आदेश पालना गर्न पनि सरकारलाई सचेत गराउंदै नेपाली कांग्रेस सरकारी खर्चमै क्वारेन्टाइन, पीसिआर परिक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उद्वार गरिने नागरिकको प्रदेश र स्थानीय तह गरि तीन तहका सरकारको समन्वयमा फरक–फरक कार्य गर्ने नेतृत्व क्षमता अपेक्षित छ ।’
‘उच्च मानवीय भावना साथ ‘संकटमा उद्वार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रुपले नेपाल सरकारलाई अपील गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया