कार्यदलको प्रतिवेदनले ओलीलाई हाइसञ्चो, प्रचण्डलाई तनाब
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको छ ।
बालुवाटारमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यदलका संयोजक एवम् महासचिव विष्णु पौडेलले प्रतिवेदन बुझाएका हुन् ।
विवाद समाधनका लागि गठित कार्यदलले नेकपाको विवाद महाधिवेशनबाटै नेतृत्वको टुंगो लगाउन सुझाव दिएको छ ।
महासचिव पौडेल नेतृत्वको कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ ।
प्रतिवेदनमा कार्यकारी अध्यक्षको कामको परिभाषा गरिएको छ । प्रधानमन्त्री ओलीले महाधिवेशनसम्म प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट छाड्न नपर्ने उल्लेख भएको कार्यदलका एक सदस्यले बताएका छन् ।
नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो ।
महासचिव पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुसाल र जनार्दन शर्मा छन् ।
कार्यदलको प्रतिवेदन चाँडै नै सचिवालयमा पेस हुनेछ । त्यसपछि मात्र स्थायी समितिको बैठक बस्ने सम्भावना छ ।
प्रतिवेदनले ओलीलाई राहत मिलेकाे छ । दाहाललाई भने तनाब बढाइदिएकाे छ । दाहालले अन्तिममा चिसाे पानीले नुहाएकाे भनेर चर्चा शुरू भएकाे छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया