६ वर्षीया बालिकासहित ९ को मृत्यु, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ? काठमाडौंमा २१६ संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ६ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १८२ महिला र ४५२ पुरुष गरि ६३४ जनामा कोरोना देखिएको जानकारी दिए ।
काठमाडौं उपत्यकामा २१६ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भेटिएको डा.गौतमले बताए ।
शनिबार १३६ जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।
इलाममा १, झापामा १७, भोजपुरमा ३, मोरङमा ५२, संखुवासभामा १, सुनसरीमा ३१ जनामा कोरोना देखिएको छ ।
धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ३, सर्लाहीमा १ सिरहामा ३५ जनामा कोरोना देखिएको छ ।
काभ्रेमा ३, चितवनमा २७, दोलखामा ४, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा ५०, मकवानपुरमा ३२ र सिन्धुलीमा १ जनामा कोरोना देखिएको छ ।
कास्कीमा १६, तनहुँमा २, नवलपुरमा ३, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना देखिएको छ ।
कपिलवस्तुमा १५, नवलपरासीमा ३, पाल्पामा १, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा २८, रोल्पामा १ र रुपन्देहीमा २३ जनामा कोरोना देखिएको छ ।
जुम्लामा २, सल्यानमा ६ र सुर्खेतमा २ जनामा कोरोना देखिएको छ ।
कैलालीमा १४, डडेल्धुरामा १ र डोटीमा एक जनामा कोरोना देखिएको डा.गातमले जानकारी दिए ।
प्रवक्ता डा.गौतमले पीसीआरका लागि नमूना दिएपछि अनिर्वाय रुपमा क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन् ।
काठमाडौं उपत्यकामा पोजेटिभ आउने क्रममा धेरै बढीरहेको भन्दै प्राइमरी कन्ट्याक्टमा आएकाहरूले दवाव दिएको भन्दै डा.गौतमले सम्पर्कमा गएको ५ देखि ७ दिनमा टेस्ट गराउन आग्रह गरेका छन् । संक्रमितसँग सम्पर्कमा आउनेवित्तिकै पीसीआर टेस्ट गराउँदा सहि रिपोर्ट आउन नसक्ने उनले बताए ।
पछिल्लो २४ घण्टामा डा.गौतमले कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएका छन् ।
पर्सामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीय पुरुष, ५८ वर्षीय पुरुष र ४८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
बारामा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । सिरहामा ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँग देशभरि कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ जना पुगेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया