कोरोना संक्रमित टिचिङका डाक्टरको जीवन बचाउन पन्तद्वारा प्लाज्मा दान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले कोरोनाभाइरसका संक्रमितको उपचारका लागि रक्तदान गरेका छन् ।

पन्तले शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रक्तदान गरेका हुन् ।

प्लाज्मा चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचारका लागि पन्तले रक्तदान गरेको जनाइएको छ ।

अध्यक्ष पन्तलाई कोरोना संक्रमण भएको थियो । घरमै आइसोलेनमा बसेर पन्तले कोरोना जितेका थिए ।

कोभिड–१९ मुक्त भएका मानिसको शरीरमा बनेको रोगसँग लड्न सक्ने शक्ति अर्थात प्लाज्मालाई अर्को संक्रमित बिरामीलाई दिँदा निको हुने संभावना धेरै हुन्छ । प्लाज्मा थेरापी रगतका माध्यमले दिइन्छ ।

पन्तले दिएको प्लाज्मालाई झापा घरभै टिचिङ्ग अस्पतालमा कार्यरत कोभिड–१९ उपचारका संयोजक डा.जयश्री प्रसाइँलाई दिइनेछ । डा.प्रसाइँको त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचार भैरहेको छ ।

Published : Saturday, 2020 August 22, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया