लिदीका जनताको दुःखमा साथी बन्यो कांग्रेस र तरुण दल, नगदकाे पाेकाेसहित पुगे नेताहरू
चौतारा । सिन्धुपाल्चोक जिल्लाको लिदीका पहिरोपीडितलाई नेपाली कांग्रेस र नेपाल तरुण दलको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
लिदीपहिरोका मृतकका परिवारलाई १० हजारको दरले नगद सहयोग गरिएको तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले जानकारी दिएका छन् ।
तरुण दलले ३९ परिवारलाई दश हजारका दरले रकम सहयोग गरेको जनाएको छ । यो रकम किरिया खर्च स्वरुप दिइएको नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए । उनले पीडितहरूको सुरक्षित बासस्थान र थप रहतका लागि पहल गर्ने बताएका छन् । नगदसहितको राहत वितरण गर्न सभापति लामा स्वयं लिदी पुगेका थिए ।
विस्थापित १९ घरधुरीलाई राहत स्वरुप ५ हजारका दरले पीडित परिवारले आर्थिक सहयोग पाएका छन् ।

सहयोग उठेको सो रकमबाट सोलार बत्ती ७ सेट, विजुलीको तार, कालो मोटो तार, प्लगहरू, मल्टीप्लग समेत वितरण गरिएको अध्यक्ष लामाले जानकारी दिएका छन् ।
तरुण दल सिन्धुपाल्चोकको टिमबाट १ लाख ५ हजार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट १ लाख, नेपाली कांग्रेसका महासमिति सदस्य जिमी लामाबाट ७० हजार, नेपाल शेर्पा समाज सिन्धुपाल्चोक बाट ५० हजार, आङनिमा शेर्पा युएईबाट प्राप्त सहयोग ३७ हजार र उनको तर्फबाट १३ हजार थप गरि ५० हजार संकलन भएको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय सदस्य जंग लामाका साथै क्षेत्र नं. १ क्षेत्रीय तरुण दल सभापति जयचन्द्रकुमार लामा, समाजसेवी मिङ्मार शेर्पा युएसएबाट २५ हजार, तरुण दल महाधिवेशन प्रतिनिधि संजय लामा २० हजार, समाजसेवी च्याङ्बुटी शेर्पा २० हजार र जुगल तरुण दल लगायत समाजसेवी धनराज लामा लगायतले समेत नगद रकम सहयोग गरेका थिए ।

संकलित रकम जयबहादुर लामा, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष निमा शेर्पा, पूर्वक्षेत्रीय सभापति जंग लामा र तरुण दल क्षेत्रीय सभापति जयचन्द्रकुमार लामा लिदी पुगेर वितरण गरेका हुन् ।
लिदीका सर्वसाधारणले पहिरो जानुभन्दा पहिलादेखिनै आफूहरूको समस्या सबै सरोकारवालाहरूलाई जानकारी गराउँदा समेत ध्यान नदिएको भन्दै तरुण अध्यक्ष लामाले चिन्ता जनाए । उनले लिदीको पहिरोको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया