माधव नेपालका सात अंगरक्षकहरूलाई कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ माधवकुमार नेपालका सात जना सुरक्षाकर्मीहरूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालका अंगरक्षकहरूमा कोरोना देखिएपछि सर्तकता अपनाइएको छ । कोरोना देखिएका सुरक्षाकर्मीहरूलाई आसोलेसनमा पठाइएको छ ।

नेता नेपालसहित सबै परिवार, सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूमा कोरोना पोजिटिभ देखिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

बिहीबार गरिएको परीक्षणको रिपोर्ट शुक्रबार आएको थियो । रिपोर्टअनुसार पूर्वप्रधानमन्त्री नेपालसहित अन्य सबैको नेगेटिभ आएको गौतमले बताए ।

Published : Saturday, 2020 August 22, 6:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया