कोरोनाबाट अहिलेसम्मकै धेरै मृत्यु, काठमाडौंमा १८२ सहित शुक्रबार देशभरि ८३८ जनामा कोरोना
काठमाडौं । स्वास्थ्य जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोनाभाइरको संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले २९२ महिला र ५४६ पुरुष गरि ८३८ जनामा कोरोना देखिएको जानकारी दिएका छन् । डा.गौतमले २५० जना कोरोनाबाट मुक्त भएको जनाएका छन् ।
काठमाडौंमा काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना देखिएको छ । काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना देखिएको डा.गौतमले बताए ।
डा.गौतमले इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५, सुनसरीमा २९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४, सिरहामा १६ जनामा कोरोना देखिएको छ ।
डा.गौतमले चितवनमा २३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, मकवानपुरमा ३२, रसुवा १, सिन्धुली ८ जनामा कोरोना देखिएको छ ।
कास्कीमा १, नवलपुरमा १९, पर्वतमा १, मनाङमा २, बागलुङमा ३, स्याङजामा १ जनामा कोरोना भेटिएको छ ।
अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७, रोल्पामा १ जनामा कोरोना भेटिएको छ ।
डा.गौतमले कालीकोटमा १, जुम्लामा ५३, दैलेखमा १, रुकुम पश्चिममा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
अछाममा ३८, कञ्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना देखिएको डा.गौतमले बताएका छन् ।
मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौंमा पाँच सयभन्दा धेरै संक्रमित उपचाररत रहेका छन् । संक्रमित शून्य रहेको जिल्लाहरूमा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला रहेका छन् ।
प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा एक महिला र दश जना पुरुष गरि ११ जनाको कोरोनाबाट मृत्यु भएको जनाएका छन् ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठान गरि एघार जनाको मृत्यु भएको डा.गौतमले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया