देउवाको काखमा बसेर सधैँ हालिमुहाली गरेका निधिका यी हुन् मुख्य याेजनाकार
काठमाडौं, ५ भदौ । नयाँदिल्लीको उक्साहटमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दिन लागेको भनेर सानेपामा चर्चा सुनिन थालेको छ ।
शेरबहादुर देउवाका कारण सधैँ मनोनीत भएर कांग्रेसमा हालिमुहाली र अवसर पाएका निधिलाई भारतीय पक्षले नै उकासेको चर्चा हुन थालेको हो । सभापतिमा देउवाले उम्मेदावरी दिने भनेर सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
देउवा गुटभित्र सबैभन्दा विश्वासपात्र निधिले एकाएक सभापतिमा उम्मेदवार बन्छु भनेर बाहिर आएपछि उनीमाथि विभिन्न खालका अड्कलबाजी भएका हुन् ।
भारतसँग निकै निकट मानिने निधिले दैनिक सरह गोप्य मिटिङहरू गरिरहेको उच्च स्रोतले जनाएको छ ।
नेताहरूसँगको गोप्य मिटिङपछि निधिले केह दिन अगाडि देउवालाई बुढानिलकण्ठमा पुगेर सभापतिमा मलाई सहयोग गर्नुपर्यो भनेका थिए ।
निधिको कुरा सुनेर देउवा हतोत्साहित बनेका छन् । सधै आफूले विश्वास गरेको र हरेक अवसरमा निधिलाई पहिलो प्राथमिकता दिएका देउवाले अब कसरी अगाडि बढ्ने भन्नेबारेमा केही भनेका छैनन् ।
भारतले नेपाली कांग्रेस र सभापति देउवाले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा केही नबोलिदेओस् भन्ने चाहेको थियो ।
राष्ट्रियताको विषयमा देउवाले व्यक्तिगत लाभहानी नहेरेर भारतद्वारा अतिक्रमित नेपाली भूमिसहित समेटेर नयाँ नक्सा जारी गर्ने पक्षमा देखिएपछि भारत रिसाएको थियो ।
निधिले देउवाको यो कदमको अप्रत्यक्ष रुपमा विरोध गरेका थिए । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानबाट विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी ओलीको विरोध गरेका थिए । निधिले भारतको पक्षमा अभिव्यक्ति दिएका थिए ।
देउवासँग कालापानी, लिपुलेक र लिम्पियाधुराको बदला लिन निधिलाई उचालेको चर्चा भइरहेको छ । देउवालाई सिध्याउने भारतको यो डिजाइनमा कांग्रेसका नेता प्रदीप गिरीको सबैभन्दा मुख्य हात रहेको छ । निधि र गिरीबीच पछिल्लो छ महिना यता निकै बाक्लो सम्बन्ध हुने गरेको छ ।
बानेश्वरमा ‘ए’ क्लासका ठेकेदार ईच्छाराम तामाङको घरमा बस्दै आएका निधिले सोही घरमा नेता गिरीसँग निकै लामा सम्वादहरू गर्दै आएका छन् ।
निधिले पछिल्लो समय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरू निकटका केन्द्रीय सदस्य, युवा नेता, सांसदहरूसँग एक्लाएक्लै भेटेर सहयोगका लागि आग्रह गर्ने गरेका छन् ।
निधिले ती नेताहरूसँग देउवाका कारण कांग्रेस सक्किएको भनेर कुरा राख्ने गरेको स्रोतले जनाएको छ ।
निधिले कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, डा.शशांक शोइरालासँग गोप्य रुपमा भेटेर सहयोग माग गरेको स्रोतले जनाएको छ ।
कांग्रेसका युवा नेताहरू विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङ, किशोरसिंह राठौरलगायतसँग पनि निधिले कुराकानी गरिसकेका छन् ।
निधिको सल्लाहकारका रुपमा नेता गिरी देखिएका छन् । गिरीकै योजना र डिजाइनमा निधिका हरेक कार्य हुन थालेको स्रोतको भनाइ छ ।
निधिलाई अहिलेसम्म कसैले पनि साथ दिन्छु भनेर मुख खोलेका छैनन् । महाधिवेशनको मिति आउने कुनै टुंगो नभएकाले निधिलाई साथ दिने कि छाड्ने भनेर मुख नखोलिएको हो ।
निधि यस पटक कुनै पनि हालतमा पछाडि हट्ने पक्षमा देखिएका छैनन् । उनले आफ्ना हरेक गतिविधिहरू समानान्तर रुपमा अगाडि बढाइरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया