तरुण दलद्वारा तीजको शुभकामना प्रदान, सुरक्षित साथ पर्व मनाउन अनुरोध
काठमाडौं । नेपाल तरुण दलले नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूलाई शुभकामना दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार बिहान शुभकामना सन्देश दिँदै नेपाली नारीहरूमा सुःख, समृद्धि, उत्तरोत्तर प्रगती एवं दीर्घ जीवनको शुभकामना व्यक्त गरेका छन् ।
‘चेलीहरू माईत आई एक ठाउँमा जम्मा भई नाचागान गर्दै आपसमा सुःख दुःख साटासाट गर्दै मनाउने यो महान चाडको आफ्नै मौलिक परम्परा छ’, शुभकामना सन्देशमा भनिएको छ ।
‘सदाका वर्ष यसरी नै मनाउँदै आएको यो पर्व विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष त्यसरी नै सहज तरिकाले मनाउन सकिने सम्भावना छैन’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘त्यसैले जो जहाँ हुनुहुन्छ त्यही नै रहि सामाजिक दुरी कायम राख्दै सुरक्षाका सामग्री प्रयोग गर्दै यो वर्षको हरितालिका तीज मनाउनका लागि सम्पूर्ण नेपाली नारीहरूमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया