हवाइ र भारतबाट आउनेहरू होटेल क्वारेन्टिनमा बस्नै पर्ने

काठमाडौं । आलोचना भएपछि सरकारले चार्टर तथा उद्धार उडानलाई पुनः सुचारु गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको हो । हवाई मार्गबाट आउनेहरूले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ ।

यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्नेछ ।

माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ ।

सरकारले तोकेका १० वटा स्थल नाकाहरूबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले जनाएको छ । होटल खर्च आफैंले व्यहोर्नुपर्नेछ । नसक्नेहरूको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।

प्रमुख जिल्ला अधिकारीहरूमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय पनि भएको छ ।

काठमाडौं उपत्यकाको हकमा समन्वय गर्न गहृ मन्त्रालयका सह–सचिवको नेतृत्वमा एउटा कमिटी गठन गर्ने निर्णण भएको छ ।

Published : Thursday, 2020 August 20, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया