ओलीका डाइहार्ट फ्यानहरूले पाए एमाले पार्टी, चुनाव चिन्ह ‘उदाउँदो सूर्य’
काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) नाममा नयाँ पार्टी दर्ता गरेको छ ।
नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो ।
प्रधानमन्त्री केपी ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत प्रचण्डसहितका नेताहरूले लगाएका थिए ।
निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनीषकुमार उपाध्याय रहेका छन् । उनीहरू ओली र महेश बस्नेतका डाइहार्ट फ्यन हुन् ।
नेकपा एमालेले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानूनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको आयोगले जनाएको छ । नेकपा एमाले नेपालको एक सय ३२औं पार्टी बनेको छ ।
असार १२ गते दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन ।
प्रदेश २ का सचिवका रुपमा रौतहट घर भई भक्तपुर बस्ने जयराम राउतको नाम छ । उनी महेश बस्नेतका कार्यकर्ता हुन् । उनले आफ्नो फेसबुकमा ‘आई एम विथ महेश बस्नेत’ भनेर तस्वीर राखेका छन् । साथै उनले महेश र केपी ओलीसँग तस्वीर पनि खिचाएको देखिन्छ ।
त्यसैगरी, खोटाङ घर भएकी अस्मिता सुनारलाई नयाँ एमालेको प्रदेश १ सचिवका रुपमा राखेर निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । अस्मिता पनि महेश बस्नेतले टीका लगाइदिएकी कार्यकर्ता हुन् ।
आयोगमा दिइएको आवेदनमा नेकपा एमालेको उपाध्यक्ष रहेकी भगवती खड्का पनि केपी ओलीको फ्यान रहेको मदन भण्डारीको जयन्तीका दिन फेसबुकमा लेखिएको स्टाटसले स्पष्ट पार्छ ।
नयाँ एमालेकी उपाध्यक्ष भगवतीले लेखेकी छिन्, नयाँ पार्टी दर्ताकै दिन लेखेकी छिन्, ‘कुर्सीको लागि हैन, देशको लागि ओली चाहिन्छ । सत्ताको लागि हैन, देश बचाउन ओली चाहिन्छ । पदको लागि हैन, विकासको लागि ओली चाहिन्छ । भारतीय विस्तारवादलाई तह लगाउन ओली चाहिन्छ । देशको सान मान र इज्जत हाम्रो बा केपी ओली जिन्दाबाद ।’
पूर्वमन्त्री एवं सांसद महेश बस्नेत केपी ओली निकट नेता हुन् । तर, उनका गतिविधिले प्रधानमन्त्री ओलीलाई बेलाबखत विवादमा पार्ने गरेको छ ।
पूर्वआइजीपी सर्वेन्द्र खनालको समेत मिलेमतोमा सांसद बस्नेतले मधेसबाट समाजवादीका सांसद सुरेन्द्र यादवलाई गाडीमा हालेर काठमाडौं ल्याएका कारण प्रधानमन्त्री ओलीले गम्भीर आलोचनाको सामना गर्नु परेको थियो ।
अहिले पनि सांसद बस्नेतसँग निकट रहेका कार्यकर्ताहरुले नै नेकपा एमाले दर्ता गरेर पार्टीभित्रको विवादमा आगोमा घ्यु थप्ने काम गरेका छन् । केपी ओलीलाई बा भन्ने र सँगै तस्वीर खिचाउनेहरूले नै नेकपा दर्ताका लागि निवेदन दिनुले आशंका जन्माएको नेकपा नेताहरु बताउँछन् ।
बुटवलतिर घर भई हाल काठमाडौं बस्ने सुमन पुरी ‘ज्याक’ युवा संघका कार्यकर्ता हुन् ।
लकडाउनमा झयाप्प दाह्री पालेका उनले केही समय अघि प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा जुन महत्व दिएर ज्याकहरूलाई भेट्छन् र पार्टीका अरु नेताप्रति उनीहरूले कस्तो प्रकारको विष वमन गर्छ भन्ने उदाहरण हेर्दा मानिसहरूलाई उदेक लाग्न सक्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया