काठमाडौंमा १५९ सहित ६८१ मा कोरोना, बुधबार कुन जिल्लामा कति संक्रमित ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ६८१ जनामा कोरोना देखिएको बताए । उनले यसमध्ये २१६ जना महिला र ४६५ जना पुरुषमा कोरोना देखिएको जानकारी दिए ।
डा.गौतमले १२० जना कोरोनाबाट मुक्त भइ डिस्चार्ज भएको जानकारी दिए । उनले काठमाडौं उपत्यकामा १५९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको बताए ।
काठमाडौंमा ४५ महिला र ८९ पुरुष गरि १३४, ललितपुरमा ७ महिला र १० पुरुष गरिए १७ र भक्तपुरमा २ महिला ६ पुरुष गरि आठ जना संक्रमित भेटिएका छन् ।
प्रवक्ता डा.गौतमले ओखलढुंगामा १ महिला, झापामा १६ पुरुष, पाँचथरमा १ पुरुष, मोरङमा २८ महिला र ४१ पुरुष गरि ६९ जना, सुनसरीमा ५ महिला र ३१ पुरुष गरि ३६ जना, धनुषमा ७ महिला र २१ पुरुषसहित २८ जना, पर्सामा ३४ महिला र ७४ पुरुषसहित १०८ जना, बारामा ५ महिला र १० पुरुष गरि १५ जना, महोत्तरीमा ३ महिला र ९ पुरुष गरि १२ जना, रौतहटमा १ महिला र ३ पुरुष गरि ४ जना, सप्तरीमा १३ पुरुष, सर्लाहीमा ४ महिला र १५ परुष गरि १९ जना र सिरहामा ४ महिला र १५ परुष गरि १९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
डा.गौतमले चितवनमा १५ महिला र ९ पुरुष गरि २४ जना, धादिङमा १ पुरुष, कास्कीमा ५ जना पुरुष, गोरखामा १ महिला र २ पुरुष गरि ३ जना, तनहुँमा ४ पुरुष, नवलपुरमा २ महिला र १० पुरुष, लमजुङमा ३ पुरुष, कपिलवस्तुमा १ महिला र ५ पुरुष, दाङमा ३ पुरुष, नवलपरासीमा १ महिला, पाल्पामा १ पुरुष, प्यूठानमा २ पुरुष, बर्दियामा २ पुरुष तथा बाँकेमा ८ महिला र १० पुरुषमा कोरोना देखिएको छ ।
रुपन्देहीमा ३३ महिला र २९ पुरुष गरि ५२ जनामा कोरोना देखिएको छ ।
जुम्लामा २ महिला र ७ पुरुष गरि ९ जना, डोल्पामा १ पुरुष, दैलेखमा १ महिला र ३ पुरुष, सल्यानमा ५ महिला र १२ पुरुष गरि १७ जना, सुर्खेतमा ७ महिला ६ पुरुष गरि १३ जनामा कोरोना देखिएको डा.गौतमले बताए ।
अछाममा ३ पुरुष, कैलालीमा २ महिला र १ पुरुष तथा डोटीमा २ महिला र २ पुरुष गरि ४ जनामा कोरोना देखिएको उनले बताए ।
डा.गौतमले पाँच सयभन्दा धेरै संक्रमित भएका जिल्लाहरूमा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।
कोरोना संक्रमितहरू शून्य भएको जिल्लाहरूमा मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया