नेविसंघसँग झुक्यो कम्युनिस्ट सरकार, देशभरि तालाबन्दी, सात नेता रिहा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरिका अधिकांश क्याम्पसहरूमा ताला लगाएको छ ।

पर्सा, काठमाडौंमा नेविसंघका नेता तथा कार्यकर्ताहरू पक्राउ परेपछि रिहाइको माग गरेर नेविसंघले सोमबार काठमाडौंका पशुपति, नेपाल ल लगायतका देशभरिका अधिकांश क्याम्पसहरूमा ताला लगाएको हो ।

विभिन्न माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीले काठमाडौं र पर्सामा नेविसंघका नेताहरूलाई पक्राउ गरेर थुनामा राखिएको थियो ।

नेविसंघले ती नेताहरूको रिहाइ माग गरेर आइतबार विज्ञप्ति जारी गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

यसैबीच, नेविसंघको आन्दोलनबाट डराएको कम्युनिस्ट सरकारले काठमाडौंमा पक्राउ परेका नेविसंघका सात जना नेता तथा कार्यकर्ताहरूलाई रिहाइ गरिदिएका छन् ।

रिहा भएका नेता तथा कार्यकर्ताहरूलाई नेविसंघका महामन्त्री मनोज वैद्यले स्वागत गरेका छन् ।

Published : Monday, 2020 August 17, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया