कोरोनाले कांग्रेसको महाधिवेशन प्रभावित, छ महिना सार्ने तयारी

काठमाडौं । कोरोना महामारीका कारण नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने भएको छ ।

महामारीका कारण कांग्रेसको संगठनहरू समायोजन र विभिन्न कार्यहरू प्रभावित भएपछि १४औँ महाधिवेशन सर्ने पक्का भएको हो । कांग्रेसका एक नेताका अनुसार कोरोना महामारीले फागुनमा महाधिवेशन हुने अवस्था नरहेको बताए ।

०७८ भदौ महिनासम्म महाधिवेशन सार्ने तयारी भएको एक जना केन्द्रीय सदस्यले बताए । उनले भने, ‘०७८ को भदौ महिनासम्म महाधिवेशन सार्ने विषयमा छलफल भइरहेको छ । कोरोना महामारी त्यस बेला पनि रोकिएन भने पुनः सार्नुपर्ने अवस्था आउन सक्छ ।’

विधानअनुसार गत फागुनमा १४औँ महाविधेशन गरिसक्नु पर्ने थियो । तर, पार्टीभित्रको आन्तरिक विवादका कारण कांग्रेसको महाधिवेशन विथालिदै आएको छ ।

१३औँ महाधिवेशन पनि साढे पाँच महिनामा भएको थियो । साउन २२ गतेको बैठकमा जेठ वा वैशाखमा महाधिवेशन गर्न केही नेताहरूले प्रस्ताव नै गरेका थिए ।

Published : Monday, 2020 August 17, 6:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया