आइतबार कुन जिल्लामा कति संक्रमति थपिए ? देशभरि ६४१ जनामा कोरोना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३४ जना निको भएर डिस्चार्ज भएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरि १३४ जना निको भएको बताए । योसँगै हालसम्म १७ हजार ३ सय ३५ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा १७२ जनामा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । डा.गौतमका अनुसार काठमाडौंमा १२६, भक्तपुरमा ८ र ललितपुरमा ३८ जना संक्रमित भेटिएका छन् ।

डा.गौतमका अनुसार चितवनका २७, मोरङका १००, बाँकेका १०, बर्दियाका ३, दाङका ७, पर्साका ६४, सप्तरीका ११, सिरहाका ३, धनुषाका ३७, कञ्चनपुरका ५, नुवाकोटका १, सिन्धुलीका १, जुम्लाका १, रुकुम पश्चिमका १, इलामका १, सुनसरीका २, कपिलवस्तुका २, नवलपरासीका ८, रुपन्देहीका ५८, बाराका ६९, सर्लाहीका २, रौतहटका १४, कास्कीका ११, तनहुँका ६, महोत्तरीका ८, मकवानपुरका १, बागलुङका १, नवलपुरका २, पर्वतका १, रोल्पाका २, कैलालीका ३, झापाका १, लमजुङका १ र ताप्लेजुङका १ गरी जम्मा देशभरि २ सय १८ महिला र ४ सय २३ पुरुष गरि ६४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

Published : Sunday, 2020 August 16, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया