कोरोनामा असफल कम्युनिस्ट सरकारले सिन्धुपाल्चोकमा अस्तित्वनै गुमायोः विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जलि एवम् बाँचेकाहरूलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहँदा घटनासँग गाँसिएको गम्भीर प्रश्नबारे बहसको आवश्यकता रहेको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारीगरेर जुगल गाउँपालिकाको वडा नं. २ का लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, सञ्च गाउँ आदि वस्तीहरूका जनताले पहिरोको जोखिम बुझेर करीब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकारले कुनै पहिल नगरेको बताए । उनले सरकारले समयमा ध्यान नदिँदा पहिरोले जीवन लिन पुगेको बताएका छन्।
‘यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षति उपर केन्द्रित हुनु स्वभाविक हो’, उनले भने, ‘पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याइँ मात्रै होइन राज्यको अक्षम्य गल्ती हो ।’
‘प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न तर, जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो’, कांग्रेसले भनेको छ ।
‘हामी प्रश्न गर्न चाहन्छौ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ?’, शर्माले प्रश्न गर्दै भनेका छन्, ‘जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको योभन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ ?’
‘कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको छ’, शर्माले भने, ‘कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढीपहिरोको निर्मम चोटप्रति गम्भीर तदारुकता साथ कार्य गर्न नेपाली कांग्रेसफेरि पनि नेकपाको सरकारसंगै तीनै तहका सरकारहरूलाई अपील गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया