काठमाडौंमा शुक्रबार मध्य रातिदेखि निषेधाज्ञा, यी गतिविधिहरू गर्न पाइनेछैन
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौंले शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले शुक्रबार आदेश जारी गरेर साउन ३० गते मध्यराति १२ बजेदेखि भदौ १५ गतेसम्म काठमाडौं जिल्लाभित्र निषेधाज्ञा जारी गरेका हुन् । उनले स्थानीय प्रशासन ऐन बमोजिम निषेध गर्ने आदेश जारी गरिएको जनाएका छन् ।
काठमाडौंमा खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न निषेधित गरिएको छ ।
भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ ।
उद्योग, व्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकपालहरूमा निषेध गरिएको छ ।
चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरूमा रोक लगाइएको छ ।
शैक्षिक संस्था सञ्चालन गर्न पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।
सबै प्रकारका सभा, गोष्ठि, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थ, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्राहलय, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको छ ।
फुटपाथ, खुल्ला ठाउँ, ठेला गाडा, साइकलमा सञ्चालन हुने विभिन्न व्ययवसाय, कवाडी संकलन गर्न पनि निषेध गरिएको छ ।
उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक, कामदारको ओसार पसार गर्न रोक लगाइएको छ ।
टेक वे बाहेक होटल, रेष्टुराँ सञ्चालन गर्न निषेष गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्वारा सूचनामा उल्लेख छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया